जनता साहित्यिक मञ्च गौरीडाँडाको १२औँ शृङ्खला सम्पन्न


बर्दिवास, महोत्तरी – जेठ २३, २०८२ ।
जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिवास–३ द्वारा आयोजित १२औँ शृङ्खला साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सो कार्यक्रम मञ्चको तल्लो सदनकी अध्यक्ष शुभेच्छा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नेत्रबहादुर रम्तेल प्रमुख अतिथिको रूपमा सहभागी थिए । कार्यक्रममा मञ्चकी सचिव श्रेया कर्णले सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष स्मृति पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रमुख अतिथि रम्तेलले विद्यार्थीहरूमा लुकेको प्रतिभालाई उजागर गर्न साहित्यिक क्लबको स्थापना गरिएको स्पष्ट पार्दै बाल्यकालका अनुभवहरू पनि साझा गरे । उनले साहित्यले व्यक्तिलाई अनुशासित बनाउने भूमिका निर्वाह गर्ने धारणा पनि व्यक्त गरे ।

शिक्षक रामचन्द्र पौडेलले साहित्यमार्फत विद्यार्थीहरूमा जोश, हौसला र सोच्ने क्षमताको विकास हुने उल्लेख गर्दै यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनशील र अभिव्यक्तिशील बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विविध लयका गीत तथा कविता वाचन गरिएका थिए । वाचन प्रस्तुत गर्नेहरूमा प्रतिष्ठा पौडेल, रोजिना घिमिरे, श्रेया कर्ण, मदन वराल, आकृष पोखरेल, सोनाम चौधरी, अमित कुशवाह, राधा साह, निकी कुमारी महतो, सुमिता कुमारी यादव, नवीन कुमार महतो र नभ्य साहलगायत थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुभेच्छा घिमिरेले प्रमुख अतिथि, अतिथि तथा सहभागी सबैप्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको