बर्दिवास, फागुन २९
गायक रुद्रसेन विश्वकर्माले सार्वजनिक गरेको नयाँ होली गीत ‘होली सररर’ अहिले निकै चर्चामा छ । धेरै मिडियाले यस गीतलाई प्राथमिकतासहित समाचार बनाएर प्रकाशन गरेका छन् ।
फागुन २२ गतेबाट युट्युबमा सार्वजनिक गरिएको यस गीतमा गायक रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँग युगल स्वर भरेका छन् । गीतको शब्द तथा संगीत रुद्रसेनकै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् । मिक्सिङ मनोज परियारले सम्हालेका छन् ।

गीतको म्युजिक भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयं रुद्रसेनको आकर्षक नृत्य र अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशक प्रदीप कुमार रसाइलीले निर्देशन गरेका छन् ।

ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै गायक रुद्रसेनले भन्छन्, “यो गीतले नेपालीहरूको होली पर्वलाई अझ रमाइलो बनाइरहेको छ र अर्को कुरा मेरो गीतको बारेमा सम्पूर्ण दर्शक, श्रोताहरूले गर्नुभएको माया प्रती कृतज्ञ छु । त्यस्तै मेरो गीतलाई समाचारको रूपमा स्थान दिने सम्पूर्ण मिडियाहरूप्रती नमन गर्दै धन्यवाद भन्न चाहान्छु ।”
गीतले छोटो समयमा नै उल्लेखनीय चर्चा कमाएको छ ।
उक्त गीतलाई गायक रुद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । गीतलाई हेर्न सुन्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
https://youtu.be/BLb29WdRlb4?si=h6s7yFej-dXJ11ey










