ज्यान मार्ने धम्की प्रकरणमा प्रकाश पाठक पुर्पक्षका लागि थुनामा


१ जेठ,काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले शुक्रबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० अनुसार थुनुवा पूर्जी जारी गर्दै उनलाई कारागार चलान गर्न आदेश दिएको हो।

प्रकाश पाठकविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार तथा संगठित अपराधसम्बन्धी कसुरमा समेत अभियोग लगाइएको छ। सोही मुद्दामा उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर गरिएको थियो।

अदालतको आदेशसँगै पाठक हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको