जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय स्कुटर चालकको मृत्यु


धनुषा । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनराशिसवा नगरपालिका-५ कटैया निवासी २० वर्षीय नवीन चौधरी रहेका छन् ।

प्रहरीका अनुसार २०८३ साल कात्तिक २६ गते अपराह्न करिब ४ः२० बजे जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित पिडारी चोकको भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

पिडारी चोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट गइरहेको मधेश प्रदेश ०३-००१ ख ७५०४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकको सनाखत उनका दाजु विमल चौधरीले गरेका हुन् ।

दुर्घटनामा संलग्न स्कुटर र टिपरसहित टिपर चालक महोत्तरीको भंगहा नगरपालिका-७ सितापुर निवासी २२ वर्षीय सचिनकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको