जनकपुरधाम । शुक्रबारदेखि सुरु भएको छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू छठघाट, नदी तथा पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । सूर्यदेवलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने छठ पर्वको समापन भएको हो ।
यसअघि आइतबार साँझ छठको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले पूजा सम्पन्न गरेका हुन् ।
छठ पर्व काठमाडौंको कमलपोखरीलगायत विभिन्न स्थानका साथै तराई-मधेसका जिल्लाहरूमा श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।
छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।











