हास्यव्यङ्ग्य कलाकार नारद खतिवडाको जीवनी कवितामा


नाम उनको नारद हो खतिवडा थर
अञ्चल चाहिँ सर्लाहीमा, लालबन्दी हो घर ।

जन्म उनको ३१ साल वैशाख ७ गते
उदयपुरको लेक गाउँमा भएको हो सत्य ।

साबित्रा देवीको एउटै छोरो परे
मरितरी नारदले बी.कम. पूरा गरे ।

बुवाले कान्छी आमा ल्याई उतैतिर फसे
नारदका आमा–छोरा मावलीमै बसे ।

उनका मावलीहरूको ढुङ्गाको हो थर
ठूलो योगदान छ उनमा मामाको घर ।

स्कुलमा पढ्दादेखि नै क्यारिकेचर गर्थे
अङ्ग्रेजीमा माने सोध्दा आउँदैन भन्थे ।

स्कुलमा पढ्न जाँदा उनलाई नकसैले गन्थे
यसको बाउ छैन भनी पिटिदिऊँ भन्थे ।

चास्स–चुस्स चुरोट र थोरबहुत रक्सी खान्थे
गुच्चा–चङ्गा भनेपछि हुरुक्क हुन्थे ।

न कसैले मान्थे उनलाई, न कसैले गन्थे
चप्पल लाएर क्याम्पस जाँदा झारे केटो भन्थे ।

मकै उनी चोरी बेची फिल्म हेर्न जान्थे
अगाडि बसेर फुर्ती बढी लाउँथे ।

कक्षा ४ मा पढ्दा उनले, रोशनको डायरी चोरे
सबैले चोर–चोर भन्दा, पढेको स्कुल छोडे ।

त्यसपछि लालबन्दीको जनज्योतिमा पढे
९ कक्षासम्म पढ्दा तीनओटा स्कुल फेरे ।

२०४६ सालमा एसएलसी पास भए
उच्च शिक्षा पढ्न भनी ललितपुर गए ।

आठ–नौ महिना कलर ल्याबमा जागिर पनि खाए
जुठा गिलाससमेत माझे, साह्रै दुःख पाए ।

ट्रली बसमा ८ वर्ष कन्डक्टर नि भए
कतिचोटी नाथ्री फुट्यो, कति गाली खाए ।

ट्रली बसमा रहँदै सिरियल पनि खेले
बल्ल उनले मौका पाए, साह्रै दुःख झेले ।

मामाले खिज्याएको नक्कल उनी गर्थे
त्यहीँबाट अभिनयको सुरुवात भो भन्थे ।

२०६१ साल असार १० गते
सेइजलसँग विवाह गरे, नारदले सत्य ।

पहिलो एल्बम ‘लुलो पाइलो’, ‘बाउको बिँडो’ दोस्रो
पछि आएर ‘बिद्यानास’ निकाले नि तेस्रो ।

पछि उनले ‘ध्रुबे’ भन्ने फिल्म पनि बनाए
६२ सालमा पहिलो सन्तान छोरी भएको जनाए ।

‘ढोका खोल्न पोस्टेकी आमा’ उनको हिट गीत
‘मुकुन्दे वडाबा’ भन्दै डबलरोल आफैँसित ।

लालबन्दीमा घर छ, काठमाडौंमा बस्छन्
बेलाबेला मञ्चमा उत्रन्छन्, कहिले विदेश पस्छन् ।

कहिले–कहिले फिल्म खेल्छन्, कहिले गीत गाउँछन्
कहिले–कहिले होटलतिर चिया खान आउँछन् ।

(यो कविता वि.सं. २०६२ सालमा जीवनराज दाहालले हास्यव्यङ्ग्य कलाकार नारद खतिवडाका बारेमा लेखेर, उनकै लोकप्रिय कार्यक्रम ‘पोस्टमार्टम’मा चिठीमार्फत पठाएका थिए । कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने गर्दथ्यो ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको