महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा स्रष्टा सम्मान तथा रचना वाचन


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

२०८३ साल कात्तिक २१ गते शिवसावित्री प्रतिष्ठान नेपाल र बुढ्यौली साहित्य समाज (बुसास) रौतहट–सर्लाहीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

शिवसावित्री प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष चन्द्रमोहन अधिकारीको अध्यक्षता तथा बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिका अध्यक्ष लम्बोदर काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीका सदस्य राम आचार्यले सञ्चालन गरेको कार्यक्रममा समाजका अध्यक्ष घनश्याम पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञका रूपमा मनोनीत रेणु गुप्तालाई शिवसावित्री प्रतिष्ठान नेपालले सम्मान गरेको थियो ।

कार्यक्रममा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, जनवादी लेखक सङ्घ सीतामढीका कोषाध्यक्ष कामरुदिन नदाफ, पत्रकार सञ्जय साह मित्र, बुढ्यौली साहित्य समाज मधेस प्रदेशकी उपाध्यक्ष तथा प्राज्ञ रेणु गुप्ता, समाजका प्रदेश सचिव तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल, झरना साहित्य परिवार मकवानपुरकी अध्यक्ष गायत्री रूपाखेती र प्रदेश समितिका अध्यक्ष लम्बोदर काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि शिवसावित्री प्रतिष्ठानका सचिव रमेशमोहन अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न लयका कविता, गजल तथा गीत वाचन गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको