भन्सार कागजातभन्दा बढी माछा लोड गरिएको ट्रक प्रहरी नियन्त्रणमा


वीरगञ्ज । पर्सा प्रहरीले भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका-२५ स्थित आईसीपी सडकखण्डबाट प्रदेश २-०३-००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भए पनि थप ४४ क्यारेट माछा लोड गरिएको पाइएको थियो। ट्रकसँगै चालक वीरगञ्ज महानगरपालिका-२१ निवासी २३ वर्षीय रविकुमार साहलाई पनि नियन्त्रणमा लिइएको छ।

बरामद माछाको कुल मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको