महोत्तरीमा गरे प्रहरीले मन्दिर सरसफाई कार्यक्रम


धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’

१९ असोज,महोत्तरी । नेपालीहरुको महानपर्व दशैको पूर्वअबसरमा
महोत्तरी जिल्लाको दुई पालिकामा प्रहरीद्वारा मन्दिर सरसफाई गर्दै आएका छन्।

जिल्लाको गौशाला नगरपालिकामा रहेका जल्पामाई मन्दिर र औरही नगरपालिकामा रहेका सोनामाई मन्दिर सरसफाई गरेका छन् ।

मंगलवार विहान गौशाला नगरपालिका ५ गौशाला बजारमा अवस्थित जल्पामाई मन्दिरको वरिपरि इलाका प्रहरी कार्यालय गौशालाको अगुवाईमा सरसफाई गरिएको हो ।त्यस्तै गरि औरही नगरपालिका ७ अवस्थित रहेका सोनामाई मन्दिर वरिपरि इलाका प्रहरी कार्यालय रामगोपालपुरको अगुवाईमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा स्थानिय व्यापारी, नागरिकसमाज,राजनितीकर्मी, संचारकर्मी सम्मिलित टोलीले झारु लिएर मन्दिर आसपासको क्षेत्रलाई सरसफाई गरिएको हो ।

पछिल्लो समयमा आएर मन्दिर आसपासको वातावरण फोहोरमय एवम दुर्गन्धित बन्दै गएपछि ईलाका प्रहरी कार्यालय गौशालाको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो यता दशै पर्व नजिकमा आउन थालेपछि वजारमा ग्राहकहरुको चहलपहल बढदै गएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको