राष्ट्रिय मावि कान्तिबजारकी शिक्षिका जर्गा भाद्र महिनाको उत्कृष्ट शिक्षक


मिथलेश सिंह – बर्दिबास । राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारले नेपाली विषयकी शिक्षिका डिमला जर्गालाई भाद्र महिनाको ‘उत्कृष्ट शिक्षक’का रूपमा सम्मान गरेको छ।

विद्यालयमा आफ्नो जिम्मेवारीप्रति समर्पित भई शिक्षण कार्यमा उत्कृष्ट योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै जर्गालाई महिनाको उत्कृष्ट शिक्षक छनोट गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार जर्गा नियमित रूपमा विद्यालय उपस्थित भई जिम्मेवारीअनुसार कक्षा सञ्चालन गर्नुका साथै विद्यालयको शैक्षिक सुधारका विषयमा सक्रिय रूपमा सहभागी हुँदै आएकी छन्। उनले विद्यार्थीको सिकाइ उपलब्धि, शैक्षिक अवस्था तथा सुधारका उपायबारे शिक्षक तथा विद्यालय परिवारसँग छलफल गर्दै आएकी छन्।

त्यस्तै, विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापमा समेत उनको सक्रिय सहभागिता रहने गरेको विद्यालयले जनाएको छ। शिक्षणसँगै विद्यालयको समग्र शैक्षिक सुधारमा पुर्‍याएको योगदानका आधारमा उनलाई उत्कृष्ट शिक्षक छनोट गरिएको हो।

विद्यालयले शिक्षकहरूको नियमितता, जिम्मेवारीबोध, शिक्षण कार्यमा योगदान तथा विद्यालय सुधारमा सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्यले नियमित रूपमा ‘महिनाको उत्कृष्ट शिक्षक’ सम्मान गर्दै आएको जनाएको छ।

सम्मानपछि शिक्षिका जर्घाले आगामी दिनमा पनि विद्यालयको शैक्षिक सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका लागि थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। विद्यालय परिवारले गरेको मूल्याङ्कन र सम्मानले आफूमा थप जिम्मेवारीबोध भएको उनले बताइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको