सर्लाहीमा भाले हात्ती मृत अवस्थामा फेला


सर्लाही । सर्लाहीको बागमती नगरपालिका-४ परबलबारीमा आइतबार बिहान भाले हात्ती मृत अवस्थामा फेला परेको छ।

ब्रह्मबाबा सामुदायिक वन नजिकै हात्ती मृत अवस्थामा फेला परेको बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले जानकारी दिए। उनका अनुसार हात्तीको सुँढलगायत शरीरका केही भागमा चोटपटक देखिएको छ।

हात्ती मृत अवस्थामा फेला परेको जानकारी पाएपछि सवडिभिजन वन कार्यालय मूर्तियाको टोली घटनास्थलतर्फ गएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख विनोद सिंहले जानकारी दिए।

स्थानीय बासिन्दाका अनुसार शनिबार राति करिब ८ बजे बस्ती नजिकै सोही हात्ती देखिएको थियो। त्यसको भोलिपल्ट बिहान हात्ती मृत अवस्थामा फेला परेको हो।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे वन कार्यालयको टोलीले आवश्यक अनुसन्धान तथा परीक्षण गर्ने जनाइएको छ। सर्लाहीमा वन्यजन्तु आरक्ष तथा निकुञ्ज क्षेत्रबाट हात्ती आउने गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको