नदिजन्य ठाउमा उत्खनन् भईरहेको बेला एउटा ट्रयाक्टर अथवा टिपर पक्राउ गर्ने बित्तिकै १० जना नेताको फोन आउँछ ??


ध्रुबकुमार झा , जलेश्वर ।
२९ असार । आजको यो समयमा पनि राज्यले नै केही गर्ला भनेर पर्खिने हो भने केही वर्ष भित्रै हाम्रो विनाश निश्चित छ , मानौ खोला नदिजन्य ठाउमा उत्खनन् भईरहेको बेला एउटा ट्रयाक्टर अथवा टिपर पक्राउ गर्ने बित्तिकै १० जना नेताको फोन आउँछ त्यति मात्र कहाँ हो र १ ज्यानै मारिदिने धम्कि समेत आउने गरेको छ” जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश सिंहले आक्रोश पोखे ।

चुरे संरक्षण व्यवस्थापन सम्बन्धि सरोकारबालाहरु संगको समन्वय तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति सुरेश सिंहले भने अबैध रुपमा जिल्लाको बिभिन्न नदीहरुमा जारि रहेको अनियन्त्रित बालुवा , गिट्टी ढुंगा उत्खनन कार्य कोरोना कालमा झनै बढि फष्टाएर गएको छ ” राज्यका अंगहरुले ईमान्दारीपुर्वक काम गरे रातारात नै नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन रोक्न नसकिने होइन भन्ने ठोकुवा गर्दै सभापति सिंहले स्थानीय प्रहरी प्रशासनले सहकार्य गर्न नसक्दा केही माफियाहरु झन बलियो बनेको गुनासो पोखे ।

“ वातावरणीय दृष्टिकोणले अत्यन्त संवेदनशिल भु—भागमा प्रकृतिसंग भईरहेको खेलवाड तत्काल रोक्नु पर्छ भन्दै हामीले प्रयास पनि नगरेका होइनौ , नदीजन्य पदार्थको अवैध निकासी रोक्न प्रहरी टोलीलाई जरिवानाको २५ प्रतिशत सम्म प्रोत्साहन रकम दिने निर्णय ग¥यौं ,प्रहरीले धरपकड पनि गरे तर उही हो ताल राज्यकै एक अंग राजनीतिकवृतबाटै उनीहरुलाई तत्काल मुक्त गराउने मात्र होइन राज्यबाटै अप्रत्यक्ष तर आधिकारिक रुपमै पल्लिवत पोषित छन उनले गुनासो गरे ।

हाम्रै मुलुकमा विकास निर्माणको लागि जुन उपयोग गरिंदै ढुंगाबालुवा त्यो त चिन्ताको विषय छ भने अहिले त भारत तर्फ निकासी गरेर राज्यले झनै चिन्ता बढाएको सिंहले बताए । उनले बिहार र युपि सहितका राज्यहरुमा विकासको होड छ र उ जसरी पनि छिट्टै विकास सक्न चाहिरहेको छ , भारतमा नदीजन्य पदार्थ टाढा—टाढा बाट ल्याउनु पर्दा त्यो महंगो पर्ने गरेको छ त्यसैले नेपालबाट भारत निकासी हुनु र राज्य सहायक सिद्ध बनेपछि चुरेको तल्लो तटीय क्षेत्र रेगिस्तान बन्ने चिन्ता उनको थियो । “म पनि राज्यकै अंगको रुपमा छुँ तर मैले दुखका साथ भन्नु पर्दा यहाँ सपकासप भ्रष्ट छन सपैलाई राजनीतिक संरक्षण प्राप्त छ भन्दै नेता सिंहले जनस्तरबाटै प्रतिकारमा नउत्रे सम्म प्राकृतिक स्रोतको दोहन रोक्न नसकिने प्रष्ट पारे ।

त्यसै गरि कार्यक्रममा बोल्दै जिसस सदस्य सुदिप झाले अनुगमनमा जाँदा आफुहरुलाई खुकुरी देखाउँदै लखेटेको दुखेसो पोख्दै प्रहरी प्रशासनले आप्mनो काम ईमान्दारीपुर्वक नगरेको गुनासो गरे । यहाँ त रक्षक नै भक्षक बनेको अवस्था छ भन्दै उनले भने “ मन्त्रीपरिषदले नै निर्णय गर्छ कि ढुंगा गिटटी बालुवा निकासी हुनु पर्यो के यो दुर्भाग्य होइन ” भन्ने प्रश्न नेता झाको रहेको छ । त्यसै गरि कार्यक्रममा बोल्दै गैरसरकारी संघ संस्थाका ९गैसस०का प्रतिनिधी नागेन्द्र पाण्डेले वन अतिक्रमण मुख्य चुनौती बताउँदै आगामी केही वर्षमै चुरियाको तल्लो तटीय क्षेत्रमा मरभूमि बन्ने निश्चित रहेको दावी गर्दै राज्यले यस प्रति सचेत हुनै पर्ने धारणा व्यक्त गरे उनले कहिले सुकुम्वासीको नाउँमा त कहिले कुन बहानामा सरकरले वन क्षेत्रको जग्गा दिने त दिन दिनै चुरिया क्षेत्रमा वसोवास बढ्दै जानुले भोलीको दिन यस क्षेत्रको लागि अंधकारको युग साबित हुने बताए । सोमबार दिउँसो आयोजित सो कार्यक्रममा डिभीजन वन कार्यालय प्रमुख विनोद कुमार सिंहले एक घण्टा लामो पावर प्वोईन्ट प्रस्तुत गर्दै चुरेमा जंगल बिनाश , नदीमा जारी अवैध र अनियन्त्रित उत्खननको कारण नदीहरुमा परेको प्रभाव र त्यसले निम्त्याएको समस्याहरुबारे प्रशिक्षण समेत दिएका थिए ।

सो क्रममा प्रमुख सिंहले चुरे पर्वत अत्यन्त कोमल ९संवेदनशिल० पर्वतको रुपमा रहेकोले वन जंगलको विनाश हुँदै जाँदा चुरे क्षेत्रको माटोहरु बंगालको खाडीमा गएर टप्पुमा परिणत भएको भयाभह अवस्थालाई चित्रित गर्दै यस प्रति सरोकारवालाहरु समयमै सचेत हुनु पर्ने आग्रह गरे । नदीजन्य पदार्थको दोहनले चुरे क्षेत्रको तल्लो तटीय क्षेत्रमा बाढी पहिरोको सम्भावना मात्र नभई आगामी २०,२५ वर्ष भित्रै जनकपुरभन्दा तल्लो क्षेत्रमा पानीको लेयर भेट्नै नगरि समस्या उत्पन्न हुने खतराको संकेत गरे । वन कार्यालयले आफनो काम ईमान्दारीपुर्वक गरिरहेको भएपनि सरोकारवालाहरुसंग यथोचित सहयोग नपाएको गुनासो पोख्दै प्रमुख सिंहले भने “ प्राकृतिक दोहनलाई तत्काल नियन्त्रण गर्न नसकिए भोली भविष्यमा लाखौं हेक्टर जग्गा भरभूमिा परिणत हुनेछ ” । तसर्थ हामीले हाम्रो सन्ततीको सुरक्षाको निम्ति पनि चुरे क्षेत्रको संरक्षणमा आ आफ्नो तर्फबाट ईमान्दारी पुर्वक काम गर्नु पर्ने आजको घनिभूत आवश्यकता रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको