बर्दिवासको संगम टोलमा एकादशी महिला समूहद्वारा भजन–कीर्तन कार्यक्रम सम्पन्न


जीवनराज (बर्दिवास, महोत्तरी : २५ वैशाख)
महोत्तरीको बर्दिवास–१ स्थित संगम टोल एकादशी महिला समूहद्वारा एक भव्य भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ । धार्मिक एवं सांस्कृतिक चेतना फैलाउने उद्देश्यले एकादशीको दिन पारेर आयोजित उक्त कार्यक्रममा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा ॐकार टेलिभिजनका संस्थापक तथा कालाग्नी रुद्रपिठ लड्केश्वर धामका पीठाधीश्वर श्री मुकुन्द शर्माले आध्यात्मिक भावनाले ओतप्रोत भजन प्रस्तुति दिएका थिए ।

उनको भावपूर्ण गायनले उपस्थित श्रद्धालुहरूलाई आध्यात्मिक अनुभूति गराएको थियो । कार्यक्रममा स्थानीय व्यक्तिहरूले भजन गाउदै, नाच्दै आनन्द लिएका थिए । आयोजक समूहका अनुसार यस्ता कार्यक्रमले समाजमा धार्मिक एकता र सद्भाव बढाउने विश्वास लिइएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको