१८ असोज बर्दिबास। लायन्स क्लब अफ बर्दिबासले रक्तदान र लागुऔषध दुव्र्यसनीबिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी उप–शाखा कार्यालय बर्दिबासको प्राविधिक सहयोगमा बर्दिबासस्थित सिन्धुली रोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । २१ जनाले रक्तदान गरेको क्लबकी अध्यक्ष उषा ढाकालले जानकारी दिएकी छिन् ।
बर्दिबास– १२ स्थित नेपाल राष्ट्रिय नारायण माध्यमिक विद्यालय चल्की बिजलपुरामा लागुऔषध दुव्र्यसनीबिरुद्ध बालबालिकालाई सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रममा कक्षा ९ र १० का ८८ जना बालबालिकाहरु सहभागि थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालयका बर्दिबासका असई बीरेन्द्र कार्कीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागि प्रदेश सभा सदस्य सारदा थापाले समाजिक अभियानमा सक्रिय रहेको लायन्स क्लब अफ बर्दिबासको कामको प्रशंसा गरेकी छिन्









