कपिलवस्तु : वडा अध्यक्षले मध्य रातमा भत्काईयो मन्दिर संरचना


 

 

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ७ धमौलीमा मध्य रातमा मन्दिरको संरचना भत्काइएको छ ।

धमौली गाउँ भित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको स्थानीय अजय सिंहले बताए ।

मध्यरातमा ठुलो आवाज आए पछि गत वर्ष बनाइएको संरचना भत्काइएको थाहा पाएको सिंहले भने । कपिलवस्तु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा रातको समयमा एक्स्काभेटर प्रयोग गरिएको थियो ।

शुक्रवार दिउसो मन्दिरको संरचना तोड्न केही श्रमीक आए पछि स्थानीयले तोड्न दिएका थिएनन् । गत वर्ष नगरपालिकाले ५ लाख भन्दा वढी रकम खर्च गरी मन्दिरमा पर्खाल लगाउने र कृतन गर्न मार्वल लगाइएको थियो ।

कामको डिजाइन चित्त नबुझे पछि परिवर्तन गराउने उद्धेश्यले संरचना भत्काएको वडा कार्यालयका कार्यालय सहायक राम अचल यादवले बताए । भत्काइएको स्थलमा छाना सहितको संरचना निर्माण गराउने योजना रहेको छ ।

न्युजकारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको