धनी राम कोरी
१९ भदौ,कपिलवस्तु । कपिलवस्तु मायादेवी गाउपालिका मा रक्तदान जीवन दान भन्ने मुल नारा को साथ विश्व रेडक्रस दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ ।

हिन्दु युवा शक्ति मायादेवी , शुद्धोधन का संयुक्त अयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला कपिलवस्तु शाखा अनि राजेश शरण चौभरी को सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

हिन्दु युवा शक्ति संगठन निर्माण गर्नु को कारणले हिन्दुहरुलाई संगठित गरेर हिन्दु हरु को हकहितको लागि अगाडि बने काम गर्दै आएको छ । हिन्दु धर्मका सबै भन्दा पुरानो धर्म पनि रहेको छ । हिन्दु संस्कारलाई संरक्षण गर्ने काम गरिरहेका छ ।

मायादेवी गाउपालिका वडा नं १ पकडी स्वास्थ्य चौकि मा कार्यक्रम भएको छ । उक्त मा ४५ जना ले रक्तदान गरेको हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा ले जानकारी दिनु भयो ।

हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा को अध्यक्षता , मायादेवी गाउपालिका वडा न ं १ का अध्यक्ष हरि गोविन्द चौधरी , चन्द्र कुमार शर्मा , कमलेश शरण चौधरी , नविन चौधरी , राम प्रसाद गिरी लगायत अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो










