धनुषा : आरकेष्ट्राको आयोजक सहित ५ जनालाई प्रहरीले पक्राउ


५ असोज, धनुषा । धनुषाको एकराहीबाट ‘आरकेष्ट्राको आयोजक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेह नगरपालिका–६ एकराही टोलमा मंच बनाई सोमबार मध्य राती भोजपुरी गितमा नृत्य गर्नेसमुहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकास रानाभाटले जनाए ।

कुनै पनि निकायबाट अनुमति नलिइ आर्केष्ट्रा आयोजना गर्ने स्थानिय २५ वर्षीय सानु मण्डल, विदेह नगरपालिका–७ का उदघोषक २३ वर्षीय श्याम पासवान, भारत उत्तर प्रदेश महराजगंज इटहर्वाका २१ वर्षीय अनुशव मिश्र, २० वर्षीया काजल सहनी, भारत विहार बेतिया सिङगरीका २५ वर्षीय सुनिल पासवान र २१ वर्षीया रिना देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी उपरिक्षक रानाभाटले जनाएको छ ।

मध्यराती साउण्ड बक्स तथा हर्न जडान गरी अश्लिल भोजपुरी गितहरू ठुलठुलो आवाजमा बजाई नाच नचाएको गुनासो आएपछि प्रहरी चौकी गिद्धाबाट गएका प्रहरी टोलीले नाच बन्द गर्न पटक–पटक आग्रह गरेका थिए । प्रहरीद्वारा समझाई बुझाई गर्दा समेत अटेरी गरेपछि आर्केष्ट्रा आयोजना गर्ने र नाच्नेलाई पक्राउ गरेको थियो । यस अघि महोत्तरीमा आर्केष्ट्रामा झडप हुदा आइतबार १ जनाको मृत्यु र २ जना घाइते भएका थिए ।

स्थानिय प्रशासनको निर्देशन अटेर गरी आयोजना गरिएको ‘आर्केस्ट्रा’मा कुटपिटबाट महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा एक जनाको मृत्यु भएको छ । सोनमा–२ इमलिया टोलका ६० वर्षका रामप्रसाद यादवको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कुटपिटबाट अन्य २ व्यक्ति घाइते भएका छन् । महोत्तरीमा ‘आर्केस्ट्रा’ आयोजना गर्न स्थानिय प्रशासनले रोक लगाएको छ ।

महोत्तरी प्रहरीले आर्केस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई नियन्त्रणमा लिएर छाडेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको