काठमाडौं । दराज नेपालले जुलाई ६ (असार २२) बेलुकी ८ बजेदेखि आफ्नो बहुप्रतीक्षित ७.७ महाबचत बजार अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत ग्राहकहरूले विभिन्न उत्पादनमा ७५ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी, रु. ५० लाख बराबरका भौचर तथा ईसेवामार्फत थप छुटको सुविधा प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार अभियानमा सहभागी ग्राहकहरूले स्मार्टफोनसहित विभिन्न आकर्षक उपहार जित्ने अवसर पनि पाउनेछन् । दराजले यसलाई यस सिजनकै सबैभन्दा ठूलो र लाभदायक अनलाइन किनमेल अभियानमध्ये एक हुने दाबी गरेको छ ।









