५ बैशाख,बर्दिबास । राष्टिय जनमुक्ति पार्टीले स्थानिय तह चुनावमा महोत्तरीका १५ ओटै स्थानिय तह र १३६ वडामै उमेदवारी दिने भएको छ ।
उक्त पार्टीका संघिय परिषद् सदस्य तथा मधेश प्रदेश इञ्चार्ज राम इकवाल मण्डलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उमेदवारीको घोषणा गरेका हुन् ।
मण्डलद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ राष्टिय जनमुक्ती पार्टीले आफ्नो बिचार सिद्वान्तलाई जनतामा लान उमेदवारी दिने घोषणा गरेको हो ।










