मलामी गएका वृद्ध सोती खोलाले बगाएर बेपत्ता


सर्लाही । सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१, बहादुरपुरमा मलामी गएका एक वृद्ध सोमबार मध्याह्न सोती खोलाले बगाएर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बहादुरपुर गाउँका ७० वर्षीय छित्नु साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दाहसंस्कारको काम सकिएपछि नुहाउने क्रममा साहलाई सोती खोलाले बगाएको हो।

खोलाले बगाएर बेपत्ता साहको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले खोजी गरिरहेका छन्।

सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीका अनुसार साहको खोजीका लागि महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बलको बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको छ।

वृद्ध डुबेको स्थानमा पानी गहिरो रहेकाले प्रहरी टोलीले खोजी गर्दा फेला पार्न नसकेपछि तालिमप्राप्त गोताखोर टोली मगाइएको एसपी खत्रीले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको