
टक्सार (भोजपुर), पुस १६ गते ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले यही पुस १४ गते राति फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ का ४६ वर्षीय पूर्णहाङ राईलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बस्दै आएर पक्राउ गरी भोजपुर ल्याएको जानकारी दिनुभयो । प्रहरीका अनुसार २०५० मंसिर ३ गते राईको चक्कु प्रहार गरी साविक कोट गाउँका राजधन राईको हत्या भएको प्रहरी प्रमुख पाठकले बताएको छ । हत्याका मुख्य अभियुक्त शुक्रदेव राई फरार रहेका बेला उनको मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा खोजी जारी रहेको प्रहरी प्रमुख पाठकले बताउनुभयो ।
पक्राउ परेका पूर्णाङलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी रिहा गरिएको हो । विसं २०६१ भदौ २८ ष्ते मा जिल्ला अदालत भोजपुरले घटनामा संलग्न रहेको अभियोगमा पूर्णाङलाई तीन वर्ष कैद सजाय सुनाएको थियो । फरार मुख्य अभियुक्त शुक्रदेवलाई अदालतले २० वर्ष जेल सजाय तोकेको छ ।
विसं २०५० कात्तिक २७ गते लक्ष्मीपूजाको दिन देउसी खेल्ने क्रममा मृतकका भाइ जहेरवाला बगधन राईसँग प्रतिवादी शुक्रदेवसहित २६ जनाले झगडा गरेका थिए । त्यसपछि मङ्सिर ३ गते विवाद मिलाउने क्रममा झगडा भएपछि राजधनमाथि कुटपिट गर्नेक्रममा शुक्रदेव राईले छुरा प्रहार गरी हत्या गरेका थिए ।
श्रोत रासस