सर्लाहीमा सिक्सर पेस्तोलसहित युवक पक्राउ


सर्लाही । सर्लाहीको कविलासी नगरपालिका-३ मदनपुरबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनाको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले चालक ठाकुरको साथबाट हतियार बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरीका अनुसार ठाकुर सोमबार बिहान प्रदेश राजधानी जनकपुरबाट बीआर ३० वाइ २८५३ नम्बरको मोटरसाइकलमा मदनपुरस्थित घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका थिए।

दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको डीएसपी गौतमले बताए। प्राथमिक उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

ठाकुरले कुनै आपराधिक गतिविधि गर्ने उद्देश्यले पेस्तोल बोकेर हिँडेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको