थापाथलीमा सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच काठमाडौंको थापाथली चोकमा विवाद भएको छ।

सार्वजनिक भएको भिडियोअनुसार ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी र सांसद तामाङबीच सडकमै भनाभन भएको देखिन्छ। भिडियोमा सांसद तामाङ गाडीबाट ओर्लिएर अर्का ट्राफिक प्रहरीलाई “तपाईंका मान्छेलाई सम्झाउनु है” भन्दै प्रतिक्रिया दिएको सुनिन्छ।

प्रहरीका अनुसार सांसद तामाङ चढेको गाडी दिउँसो करिब साढे २ बजे माइतीघरबाट त्रिपुरेश्वरतर्फ जाँदै थियो। सोही क्रममा ट्राफिक संकेतको पहेँलो बत्ती बल्न थालेपछि जेब्रा क्रसिङ नजिक ट्राफिक प्रहरीले गाडी रोकेर पैदलयात्रीलाई बाटो काट्न दिएका थिए।

त्यसपछि सांसद तामाङ आक्रोशित बनेको ट्राफिक प्रहरीको भनाइ छ। “म बाटो क्रस गर्न सक्थेँ, मलाई किन रोकेको भन्दै उहाँ आक्रोशित हुनुभयो,” घटनास्थलमा रहेका एक ट्राफिक प्रहरीले बताएका छन्।

सांसद तामाङ गाडीबाट ओर्लिएर ट्राफिक प्रहरीसँग विवाद गर्दा केही समय ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको बताइएको छ।

यसअघि पनि सोही क्षेत्रमा लेन उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले सभामुख डीपी अर्याल चढेको गाडीलाई कारबाहीस्वरूप चिट काटेको घटना सार्वजनिक भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको