कमला नदीमा डुबेर युवकको मृत्यु


धनुषा। धनुषाको कमला नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।

गणेशमान चारनाथ नगरपालिका-५ टोडकीटोलस्थित कमला नदीमा पिकनिक मनाउन गएका जनकपुरधाम उपमहानगरपालिका-६ का १८ वर्षीय मोहम्मद आयन पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

घटनापछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीको संयुक्त प्रयासमा खोजी गर्दा उनको शव नदी किनारबाट फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय र सुरक्षाकर्मीले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेका थिए।

उक्त नदीलाई हिन्दू धर्मावलम्बीहरूले धार्मिक आस्था बोकेको नदीका रूपमा पूजाआजा गर्ने गर्दछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको