कपिलवस्तु घटनामा कारबाही र मृतकलाई शहीद घोषणा गर्न माग


महोत्तरी। कपिलवस्तुमा भएको घटनामा संलग्नमाथि कारबाही तथा मृत्यु भएका अरुण यादव (जीतेन्द्र यादव) लाई शहीद घोषणा गर्न माग गरिएको छ।

राष्ट्रिय एकता दल महोत्तरीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग अघि सारेको हो।

ज्ञापन पत्रमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ बरगदामा ईदको नमाजपछि निस्किएको एक समूहद्वारा हिन्दू मन्दिरमा तोडफोड भएको भनिएको घटनाको विरोधमा सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ।

उक्त घटनालाई लोकतान्त्रिक मूल्य-मान्यता र मानव अधिकारविरुद्धको गम्भीर कार्य भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

त्यसैगरी, मृतकलाई शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनामा संलग्न प्रहरी तथा अन्य दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ।

राष्ट्रिय एकता दल महोत्तरीका जिल्ला अध्यक्ष कृष्ण यादव (सूरज) ले सरकारलाई यस विषयमा संवेदनशील भई यथाशीघ्र निर्णय लिन आग्रह गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको