रातोपुल नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका-१ स्थित रातोपुल नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

चैत्र २ गते साँझ करिब ५:३० बजेको समयमा बर्दिबास-१४ बस्ने विष्णु साहका छोरा अन्दाजी ४१ वर्षीय अशोक साहले चलाएको मधेश प्रदेश ०२-००८ प ५४६८ नम्बरको मोटरसाइकल बर्दिबास बाट लालगढतर्फ जाँदै गरेको अवस्थामा प्रदेश ३-०१-००६ ख ०७३८ नम्बरको ट्रक लालगढ बाट बर्दिबास आउँदै गर्दा ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको