बर्दिबासमा जेन–जि आन्दोलनका क्रममा होटलमा आगजनी, लेखापाल गम्भीर घाइते


बर्दिबास, महोत्तरी । आज महोत्तरीको बर्दिबासमा जेन–जि समूहको आन्दोलनका क्रममा भएको आगजनीमा एक जना गम्भीर घाइते भएका छन्।
बर्दिबासको मुख्य चौकमा रहेको पावन मिथिला होटलमा आन्दोलनकारीले आगजनी गर्दा सो होटलमा काम गर्ने लेखापाल प्रदीप महतो जलेर घाइते भएका हुन्। उनलाई तत्कालै उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो।
तर, एक श्रोतका अनुसार अवस्था गम्भीर बनेपछि थप उपचारका लागि महतोलाई काठमाडौं लैजाने तयारी भइरहेको होटलका कर्मचारीहरूले बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको