‘सबैका लागि हामी’ संस्थाद्वारा तेस्रो वार्षिक साधारणसभा तथा बर्दिवास वर्ष व्यक्ति सम्मान सम्पन्न


१४ भदौ, बर्दिवास – जीवनराज दाहाल।

‘सबैका लागि हामी’ संस्थाले शनिबार बर्दिवासमा तेस्रो वार्षिक साधारणसभा तथा ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ।

होटेल पावन मिथिलामा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेश सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने महासचिव विशाल दर्नालले संस्था स्थापना भएको २०७९ सालदेखि अहिलेसम्मका गतिविधि समेटिएको २०८१/८२ को प्रतिवेदन सार्वजनिक गरे। त्यस्तै, सदस्य रोमन निरौलाले संस्थाले स्थानीय सरकारसँग गर्दै आएको सहकार्यलाई उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

कार्यक्रममा संस्थाको तीन वर्षे यात्रा प्रतिबिम्बित गर्ने वृत्तचित्र प्रस्तुत गरिएको थियो। सोही अवसरमा यसपटकको ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमलाई प्रदान गरिएको हो। यसअघि पहिलो संस्करणमा कृष्णप्रसाद देवकोटा सम्मानित भएका थिए।

सम्मान ग्रहण गर्दै गौतमले आफ्नो नेतृत्वमा भएका गतिविधिलाई संस्थाले कदर गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रहरी नायब निरीक्षक सरोज अधिकारीले लागूऔषध नियन्त्रणसम्बन्धी अनुभव बाँड्दै शुभकामना दिएका थिए भने रोट्याक्ट अध्यक्ष सरोज गजमेर र युवा नेता विनोद ढुङ्गेललगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री सहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिती थियो। मेयर क्षेत्रीले “राम्रो कामका लागि नगरपालिकाबाट निरन्तर सहयोग गर्ने” प्रतिबद्धता जनाएका थिए।

समापन मन्तव्य दिँदै संस्थाका अध्यक्ष रवि निरौलाले समाजमा अझ प्रभावकारी काम गर्दै जाने दृढता व्यक्त गरेका थिए।

उक्त कार्यक्रमलाई यसै संस्थाको सदस्य अनु खनालले सञ्चालन गरेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको