जनता साहित्यिक मञ्च गौरीडाँडाद्वारा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न


गौरीडाँडा, असार ३० –
जनता साहित्यिक मञ्च गौरीडाँडाले आइतबार २१२औँ भानु जयन्तीको अवसरमा भानुभक्त आचार्यप्रति श्रद्धा अर्पण गर्दै विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्‍यो । मञ्चको १४औँ नियमित शृङ्खलाका रूपमा सम्पन्न उक्त कार्यक्रम मञ्चकी अध्यक्ष प्राची सुवेदीको अध्यक्षता तथा जनता मावि, गौरीडाँडाका पूर्व प्रअ नेत्र रम्तेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन मञ्चकी सचिव दिलिसा कार्कीले गरेकी थिइन् भने स्वागत मन्तव्य कोषाध्यक्ष रितु गिरीले राखेकी थिइन् ।

कार्यक्रममा भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि शिक्षिका लक्ष्मी कार्की, सङ्गीतकार सुधाकर झा, सहायक प्रअ सरिता कार्की र शिक्षक रामचन्द्र पौडेलले गहकिला विचार राखेका थिए । कार्यक्रममा शिक्षिका पवित्रा फुयाल, सानु कार्की रायमाझी, शिक्षक सन्तोष पासवान, टेकबहादुर स्याङ्वा, लक्ष्मण साह तथा मञ्चको तल्लो सदनकी अध्यक्ष शुभेच्छा घिमिरे विशेष अतिथिका रूपमा सहभागी थिए ।

भानु विशेष रचनावाचन कार्यक्रम पनि समावेश गरिएको उक्त समारोहमा रितिशा अर्याल, स्वेच्छा महतो, विद्या साह, रितु गिरी, शुभेच्छा घिमिरे, प्राची सुवेदी, नेत्र रम्तेल र रामचन्द्र पौडेललगायतले कविता वाचन गरेका थिए ।

विचार राख्दै सरिता कार्कीले विद्यार्थीको अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले मञ्चको स्थापना गरिएको जानकारी दिइन् । प्रमुख अतिथि रम्तेलले साहित्यले व्यक्तित्वमा चरित्र, संस्कार र विचारको विकास गराउने शक्तिशाली माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई साहित्यप्रति आकर्षित हुन प्रेरणा प्रदान गरे ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुभेच्छा घिमिरेले सम्पूर्ण अतिथि, वक्ता, सहभागीलगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।
कार्यक्रम जनता मावि, गौरीडाँडाको सभाहलमा सम्पन्न भएको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको