
सिराहा, चैत ५ – प्रगतिशील लेखक सङ्घ नेपाल, सिराहाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। सिराहा प्रलेसका अध्यक्ष रामरिझन यादवको अध्यक्षता तथा प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल, महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल ‘विपुल विद्रोही’, प्रलेस मधेस प्रदेश सचिव भीम कुमार राउत, बुढ्यौली साहित्य समाज सिरहाका अध्यक्ष गणेश कुमार अधिकारी, शिक्षक भैरव गेलाल, लेखक भरत साह, दुर्गा बहादुर खड्का, कसम लामा र प्रदीपकुमार साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार –
अध्यक्ष: भैरव गेलाल
सचिव: भरत साह
सहसचिव: दुर्गा बहादुर खड्का
सदस्यहरू: जिवछ यादव, रोहित न्यौपाने, समर भण्डारी
समितिको उपाध्यक्ष, कोषाध्यक्ष तथा केही अन्य सदस्यहरू भने आगामी बैठकबाट मनोनीत गरिने जनाइएको छ। साथै, अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ, जसमा निर्वतमान अध्यक्ष रामरिझन यादव, गणेश अधिकारी र प्रदीपकुमार साह चयन भएका छन्।
नव-निर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रमुख अतिथि घिमिरेले प्रगतिशील लेखक सङ्घ एक वैचारिक संस्था भएकोले कुनै पनि शक्तिको दास नबन्ने स्पष्ट पारे। साथै, संगठनको धर्म र मर्मअनुसार साहित्य लेखनमा सक्रिय हुनुपर्ने उनले जोड दिए।
कार्यक्रम गोलबजारस्थित जेभिएम स्कुलमा सम्पन्न भएको थियो।