बर्दिवास । न्यूहोल्याण्ड ब्रान्डका ट्र्याक्टरका विक्रेता विष्णु वाइवाले बर्दिवासमा सोरुम सञ्चालन गरेर ठगी धन्दा चलाइरहेको खुलासा भएको छ । ट्र्याक्टर विक्रीका नाममा उनले किसानको चरम शोषण र ठगी गरेको खुलासा भएको हो ।
बर्दिवास –१० खयरमाराका दानबहादुर मग्रातीलाई वाईवाले गरेको शोषण र ठगी यसको पछिल्लो उदाहरण बनेको छ । ट्र्याक्टर विक्रिको सम्पूर्ण रकम भुक्तानी लिएर पनि नामसारी नगरिदिने, कम रकम भुक्तानी गरेकोभन्दै खेतीको चटारोका समयमा ट्र्याक्टर फिर्ता लिएर अन्यलाई भाडामा दिने गरेको पाइएको हो । वाइबाले सम्पूर्ण रकम भुक्तानी गरेको वर्षदिन वित्दा पनि मग्रातीका नाममा ट्र्याक्टर नामसारी गरिदिएका छैनन् ।
करिव १० वर्षअघि खयरमारा –१० का मग्रातीले खेती किसानीको सहजताका लागि ट्«यााक्टर किन्ने मनशायले वाइबासंग सम्वन्ध राखे । मग्रातीले ट्र्याक्टर त किन्ने तर, नगद दिने रकम नभएको विवशता वाइबालाई सुनाए । वाइबाले १ विगाहा जमिन भए आफूले सहकारीमार्फत ट्रयाक्टर दिलाउने योजना बताए ।
मग्रातीले खयरमारा «१० कै आफ्नो नामको एक विगाहा जमिनको जग्गाधनि प्रमाणपुर्जा वाइवालाई दिएर ट्र्याक्टर लिए । तीन वर्षपछि वाइबाले किनेको रकम भुक्तानी नगरेकोभन्दै ट्रयाक्टर फिर्ता लगे र अन्यलाई भाडामा लगाए । मग्राती भन्छन् ‘उसले ट्र्याक्टर तान्दा मैले साढे एक लाख मात्र तिर्न बाँकी थियो । मैले कमाएर तिर्छु, यतिको तिरें अब साढे एक लाख त हो तिरिहाल्छु नि भनेर अनुनय विनय गरे पनि उहाँले सुन्नु भएन । मबाट फिर्ता लिएर अन्य कसैलाई भाडामा दिएका थिए ।’
केही समयपछि मग्रातीले सबै रकम चुक्ता गरेर ट्र्याक्टर त लगे तर, नामसारी अझै गरिदिएका छैनन् । ‘तिमीले पैसा दिन जसरी झुलाएका थियौं, नामसारीमा पनि त्यसरी नै झुलाउँछु भन्छन्’ मग्रातीले भने ‘सुरुमा उसैले एक विगाहा जमिन धितो दिए ट्र्याक्टर दिन्छु भन्यो । पछि एक विगाहा जमिनको धितोमा १० लाख मात्र दियो, बाँकी ४ लाख विस्तारै कमाएर तिर्दै जानु भन्यो । ट्र्याक्टर किनेको ३ वर्षमा पैसा ढिलो भयो भनेर ट्रयाक्रै तान्यो र अर्कोलाई भाडा दिएर कमायो । यता मसंग पनि पूरै रकम लिएर नामसारी गरिदेउभन्दा उल्टो थर्काउँछन ।’
पटक–पटक प्रहरीमा उजुरी गर्दा सुनुवाई नगरेको बताउँदै पीडित मग्राती भन्छन् ‘मैलाई कसले न्याय दिन्छ ?’










