बर्दिवासमा शुरु हुन लागेको सस्तो वजारमा व्यापारीहरुकै आपत्ति


बर्दिवास।  दशैको अवशर पारेर बर्दिवास उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दशै सस्तो वजारको अधिकांस व्यापारीले विरोध गरेका छन् । दशै वजारको वारेमा छलफल गर्न शुक्रवार व्यापार संघले आयोजना गरेको छलफलमा व्यापारीहरूले विरोध जनाएका हुन् ।
यसअघि उद्योग वाणिज्य संघले व्यनपारीहरूसंग सल्लाहनै नगरी स्स्तो बजार लगाउने निर्णय गरेकामा सामाजिक सञ्जालमा ब्यापक विरोध भएको थियो । ब्यापारीहरूबाटै ब्यापक विरोध आएपछि उवासंघ बर्दिवास अध्यक्ष विष्णु खडकाले शुक्रबार आकस्मिक बैठक राखेका हुन् ।
महंगो दोहोरो सटर भाडा तिर्न लगाएर ब्यापारीको हकहितमा स्थापना भएको उवासंघले ब्यापारीकै दोहन गर्न खाजेको ब्यापारीहरूको आरोप थियो । सस्तो बजारमा स्टलको संख्या ६० वटा मात्र हुँदा सबै अटाउदैनन् र सो साना तथा १० हजार प्रतिसटर मूल्य अति महंगो भएको ब्यापारीहरू बताउँछन् । यसै पनि आर्थिक मन्दीको मारमा परेका ब्यापारीलाई उकास्ने कार्यक्रम ल्याउनु पर्ने दायित्व बोकेको संघले अझै रसातलमा पु¥याउने योजना ल्याएर सस्तो लोकप्रियतामा रमाउन खोजेको ब्यापारीको आरोप थियो ।
खासगरी दैनिक उपभोग्य वस्तु मात्र राखिने गरेको यस्तो चाडवाड लक्षित सस्तो बजारमा फेन्सी पसल अन्यत्र पनि नहुने र यो सम्भवसमेत नहुने बर्दिवासका फेन्सी ब्यापारी विजय न्यौपाने बताउँछन् । गौतम ट्रेडर्सका सन्चालक रविन गौतमको पनि न्यौपानेकै धारणामा सहमति जनाउँछन् । यता उवासंघका अध्यक्ष खड्का भने पेलेरै जाने मुडमा रहेको बताइएको छ । ‘पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको विषयमा पछाडि फर्कन मिल्दैन । स्टल त राख्नै पर्छ’ बैठकमा अध्यक्ष खडकाले भनेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको