काठमाडौं, साउन १६। काठमाडौंको बल्खु पुलमुनी एक पुरुषको शव फेला परेको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदीरखोला किनारमा बाढी आएको छ । बल्खुको तरकारी बजार र सुकुम्बासी बस्ती पनि डुबानमा परेका छन् ।
बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले बुधबार बिहान अन्दाजी ७ः२७ बजे काठमाडौंको बल्खुको पुलमुनीमा एक व्यक्तिको शव भेटिएको जानकारी दिए ।
मृतक बस्तीमा बस्ने पुरुष रहेको खुलेको छ । सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले जानकारी दिए ।
शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ।
मृतकका आफन्तले पनि प्रहरीलाई सम्पर्कमा आइसकेका छन्।
घटनास्थलमा अहिले मुचुल्काको काम लगायत अन्य अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ।
रातोपाटी