साउन १४ । साउने सोमबारलाई निकै शुभ मानिन्छ ।
आज साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिनाको प्रत्येक सोमबार व्रत बसेर शिव मन्दिरमा दूध जल चढाउने चलन छ । यसरी पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
हरेक सोमबार महिला तथा पुरुषले व्रत बसेर भक्तिपूर्वक भगवान शिवको पूजा गर्छन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसी लगायतका ठाउँमा हरियो, पहेँलो र रातो लुगा लगाएको व्रतलुको समूह देख्न सकिन्छ ।
मन्दिरहरुमा गेरुको लुगा लगाएका तीर्थयात्रीहरुको पनि उल्लेख्य संख्या रहेको छ । बोलबम तीर्थयात्रीले काठमाडौंको सुन्द्रीजलबाट पैदलै शुद्ध पानी ल्याएर पशुपतिमा चढाउँछन् ।