ताप्लेजुङमा गएराति ४.१ म्याग्निच्युडको भूकम्प


साउन, १३ । ताप्लेजुङमा भूकम्प गएको छ । गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको खेजेनिम केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको हो ।

२०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६।९ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल र भारतका गरी १११ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको