सूर्या विमान दुर्घटना: मृत्यु भएकाहरुको परिवार र आफन्तलाई बुझाउन थालियो शव


काठमाडौँ, साउन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सूर्या एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

सूर्या एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव परिवार र आफन्तलाई बुझाउन थालिएको छ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्यको विमान दुर्घटनामा १७ नेपाली र एक विदेशीको मृत्यु भएको थियो भने क्याप्टेन मनिरत्न शाक्य बाँचेका थिए । क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

जहाज दुर्घटनामा संलग्न १८ जनाको शवको पोस्टमार्टम सकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार दिउँसोदेखि शव परिवार र आफन्तलाई बुझाउन थालिएको छ।

चार जनाको शव आफन्तले बुझिसकेका छन्। सहचालक, को-पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, अस्विन निरौला र श्याम बिन्दुकरको शव आफन्तले पहिचान गरेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको