सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने


साउन १० । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि मर्मतका लागि उड्ने क्रममा सौर्य एयरको विमान दुर्घटना भएको थियो ।

जहाज दुर्घटनापछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेको हो ।

यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

विमानमा सवार १९ जनामध्ये १८ जना उडेको केही सेकेन्डमै दुर्घटनाग्रस्त भएका थिए ।

जहाजका चालक मनिरत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ । शाक्य उपचारपछि खतरामुक्त छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको