भदौ मसान्तसम्ममा पेट्रोल-मट्टितेल पाइपलाइनमार्फत ल्याउने तयारी


वीरगञ्ज (पर्सा), असार ११ ।  नेपाल आयल निगमले भदौ मसान्तसम्ममा पाइपलाइनमार्फत पेट्रोल, मट्टितेललगायत अन्य पेट्रोलियम पदार्थ ल्याउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाअन्तर्गत निगमले दोस्रो चरणको आयोजनाको ७५ प्रतिशत काम सम्पन्न गरिसकेको र बाँकी काम आगामी तीन महिनाभित्र सम्पन्न गरी पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी गरेको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतको मुख्य ट्याङ्की निर्माण सम्पन्न भइसकेकाले अन्य प्राविधिक काम तीन महिनाभित्र सम्पन्न हुनछ । पाइपलाइनमार्फत पेट्रोल–मट्टीतेल ल्याइनेछ।

पाइपलाइनबाट पेट्रोल भित्रिएसँगै ढुवानी भाडा प्रतिलिटर तीन रुपैयाँले घट्ने प्रमुख उपाध्यायले बताए । ‘एकतर्फ ढुवानी भाडा प्रतिलिटर तीन रुपैयाँले घटाइने छ, अर्कोतर्फ वातावरणीय प्रदूषण पनि कम हुनेछ’।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको