
काठमाडौं, माघ ७ गते ।
पूर्वी नवलपरासीमा एक गर्भवती महिलाको हत्या भएको छ ।
आइतबार बिहान करिब १ बजे हुप्सेकोट गाउँपालिका–६ स्थित घरमा सुत्केरी महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
मृत्यु हुनेमा ३४ वर्षीय चनिसारा लम्कमार रहेका छन् । उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कमारलाई पक्राउ गरेको छ ।
आइतबार बिहान ७ बजे स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट पौडेलको टोली घटनास्थलमा अनुसन्धानका लागि खटिएको थियो ।
डीएसपी पौडेलका अनुसार अभियुक्त शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिन्छन् ।
गएराति श्रीमान श्रीमती खाना खाएर सँगै सुते । करिब १ बजे श्रीमानले श्रीमतीलाई खुर्पा र कोदालोले प्रहार गरी हत्या गरेको देखिएको छ ।
‘अंशिक मानसिक रूपमा अस्वस्थ देखिएका छन्। राति केही मानिसले भाटा बोकेर लखेटेको, त्यसपछि केहीबेर भागेँ भनेर पनि भनेका छन्,’ उनले भने, ‘त्यसपछि जुध्न पर्यो भनेर हतियार प्रहार गरेको भनेर भनेका छन्।’
शेरबहादुरको टाउकोमा पनि चोट लागेको छ । तर, डीएसपी पौडेलले भनेजस्तो नदेखिएको बताए । होश आएपछि आफ्नी श्रीमती मरेको देखेर शेरबहादुर नजिकै रहेका आफ्ना आमाबुवालाई बोलाउन गएका थिए ।
मृतक चनिसारा पनि गर्भवती थिइन् । उनको यही महिना डेलिभरी हुने लागेको थियो । डेलिभरी हुन लागेको हल्ला सुनेपछि स्थानीयवासी घरमा पुगेका थिए ।
त्यसपछि प्रहरीलाई खबर गरियो । प्रहरी पुग्दा श्रीमान शेरबहादुर पनि घटनास्थलमै थिए । अहिले उनी प्रहरी हिरासतमा छन् ।
घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ ।
श्रोत सेतोपाटी