
काठमाडौं, माघ ५ गते ।
बोक्सीको आरोपमा १५ वर्षअघि एक व्यक्तिको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २०६५ असोज २९ गते काभ्रे जिल्लाको शिखर अम्बोटे गाविस–१ ९साबिक रोशी गाउँपालिका–३० स्थित चमार सिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको आरोपमा कुटपिटपश्चात् हत्या गरी फरार भएका थिए ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पुस २४ गते पक्राउ गरेको थियो भने सन्तबहादुर मगरलाई २५ गते आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो । अर्कोतर्फ टंकबहादुर मगरको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गरेर आज मात्रै आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।
श्रोत थाहा खबर