माघ ४ गते ।
टंकमणि शर्माको संयोजकत्वमा रहेको समितिले माघ १५ गते एनसेलको शेयर खरिदबिक्रीबारे प्रतिवेदन बुझाउने भएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले पुस १५ गतेभित्र प्रतिवेदन बुझाउने जानकारी गराइन् ।
मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखा परीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।
समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् ।
समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिई १५ दिन थपिएको थियो । आजियाटाले रिसोल्ड्स होल्डिङ्सको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेको छ ।
श्रोत सेतोपाटि



















