विवाह खर्च कटाएर गाउँमा सामाजिक स्वास्थ्य शिविर


गुल्मी, पुस १५ गते ।

गुल्मीका एक नवविवाहित जोडीले विवाहको अनावश्यक खर्च काटेर सामाजिक कार्यमा खर्च गरेका छन् । रेसुंगा नगरपालिका–३ अन्तर्गत भडगाउँका पत्रकार मोहन बस्नेतालले विवाह भोजमा भएको चर्को खर्चबाट गाउँका गरिब तथा विपन्न नागरिकका लागि विज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको हो ।

पछिल्लो समय विवाहमा खर्च गर्ने चलन बढ्दै गएकाले चाडपर्वमा हुने खर्चलाई सामाजिक काममा पनि खर्च गर्न निरुत्साहित गर्ने उद्देश्यले यस्तो योजना बनाएको उहाँले बताउनुभयो । थोरै भए पनि आफ्नो जन्मभूमिको सेवा गर्नुपर्छ भन्ने सोचका साथ विवाहको चर्काचर्की नगरी गाउँमै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बस्नेतले जानकारी दिनुभयो ।

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा न्युरोलोजिस्ट तथा न्यूरोलोजिष्ट तथा मनोचिकित्सकहरुले निःशुल्क परीक्षण गराइएको थियो । शिविरमा ईसीजी, रगत परीक्षण र भिडियो एक्सरेको व्यवस्था गर्नुका साथै निस्शुल्क औषधि समेत वितरण गरिएको थियो ।

वडाध्यक्ष बाबुराम खत्रीले विवाह भोजमा हुने अनावश्यक खर्च जोगाएर समाजमा हुने यस किसिमको कामबाट गरिब तथा विपन्न वर्गले ठूलो राहत पाएको बताउनुभयो । उहाँले यस्ता सामाजिक गतिविधिले आगामी दिनमा अरुलाई पनि प्रेरणा दिने र समाजमा राम्रो सन्देश दिने बताउनुभयो । स्थानीयवासी पम्फा विश्वकर्माले घरदैलोमा विज्ञ सेवा पाउँदा निकै खुसी भएको बताउनुभयो ।

एक दिनको खाना खुवाउनुभन्दा उपचार गर्नु ठूलो धर्म भएको बताउँदै उनले यस्ता पुण्य कार्यबाट आफूजस्ता धेरैलाई सहयोग हुने बताउनुभयो । शिविरमा चार सयभन्दा बढी बिरामीको सहभागिता रहेको थियो । यसअघि पनि पत्रकार बस्नेत जिल्ला र जिल्ला बाहिर पुगेर गरिब तथा असहायलाई सहयोग गर्दै आएका थिए ।

त्यसैगरी रेसुंगा नगरपालिका–११ रंगवासका गुणाखर पाण्डेले विवाहको अनावश्यक खर्च घटाएर विद्यालयमा नवीकरणीय कोष स्थापना गर्न सहयोग गर्नुभएको छ । उहाँले अक्षयकोष स्थापनाका लागि स्थानीय भगवती मावी र रंगबास मावीलाई रु ५०र५० हजार सहयोग गराउनुभएको हो ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको