दोलखामा चार किलो सुनसहित तीनजना पक्राउ


काठमाडौँ, असोज ११ गते।

नेपाल प्रहरीले दोलखाको सिङ्गटी बजारबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिङ्गटीबाट खटिएको प्रहरी टोलीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो।

तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। बिगु गाउँपालिका– १ लामाबगर तर्फको एउटा नाका चीन सरकारले गत साता मात्र खुला गरेको थियो । सुन परीक्षणका लागि पठाइएको र पक्राउ परेकाहरूसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको