सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री


काठमाडौँ, असोज ११ गते।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक सुशासन, न्याय र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।

इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिबिम्बित गर्दै आएको बताए।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो।’

प्रधानमन्त्री दाहालले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको