उत्कृष्ट निबन्धकार पुरस्कृत


बर्दिबास (महोत्तरी) २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले उत्कृष्ट निबन्धकारहरुलाई पुरस्कृत गरेको छ । आयोगको ३२ औं स्थापना दिवसका अवसरमा बर्दिबास कार्यालयले अन्तरमाध्यमिक तहका विद्यार्थीबीच गराएको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयमा गराएको निबन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगीलाई पुरस्कृत गरेको हो ।

प्रतियोगितामा मोनाष्टिक माध्यमिक विद्यालय जनकपुरधाम धनुषाका छात्र दिवेशकुमार महतो, सिद्धस्थली माध्यमिक विद्यालय कमलामाई-६ सिन्धुलीका दिवसकुमार थापा र ग्रीनलैण्ड माध्यमिक विद्यालय मलङ्गवा सर्लाहीकी छात्रा मितालीकुमारी झा क्रमशः पहिलो, दोस्रा र तेस्रो हुनुभएको हो । आयोगका बर्दिबास कार्यालयका प्रमुख (सहसचिब) गोपालकुमार अधिकारीले प्रथमलाई १३ हजार, द्वितीयलाई १० हजार र त्रितीयलाई आठ हजार ५०० नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताले भ्रष्टाचारविरुद्ध सचेतना वृद्धिमा सहयोग पुग्ने आयोगले जनाएको छ ।

त्यसैगरी आजै ३२ औं स्थापना दिवसको अवसरमा आयोजित बिभिन्न विधाका खेलमा उत्कृष्ट भएकालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । आयोगको ३२ औं स्थापना दिवसका अवसरमा बर्दिबास कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभयो । स्थापना दिवस समारोह कार्यालय प्रमुख अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको