मुद्दा फिर्ता लिन नागरिक समाजको माग


ललन मण्डल ।  बर्दिबास (महोत्तरी) २५ माघ ।
महोत्तरी-१ का निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीविरुद्धको मुद्दा नागरिक समाजका प्रतिनिधिले माग गरेका छन् । आज बुधबार महोत्तरीको बर्दिबासमा सांसद कोइरी र थरुहट आन्दोलनका नेता रेशम चौधरीविरुद्धको ज्यान कर्तव्य मुद्दा तत्कालीन सरकारले राजनीतिक आग्रह साध्न दर्ता गरेको बताउँदै नागरिक समाजका प्रतिनिधिले दुबै नेताविरुद्धका मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

आज बुधबार दिउँसो बर्दिबास नगरचोकमा वृहत र्‍यालीपछिको सभालाई सम्वोधन गर्दै नागरिक अगुवा रामरिझन यादवले २०७२ सालको मधेश र थरुहट आन्दोलनका क्रममा राज्यतर्फबाट भएको ज्यादती ढाकछोप गर्न कोइरी र चौधरीविरुद्ध मुद्दा दर्ता गरिएको बताउनुभयो । टिकापुर (कैलाली)को प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ जनाको हत्या र महोत्तरीमा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षाकको हत्या घटनासँग सम्बद्ध नै नरहेका चौधरी र कोइरीविरुद्धको मुद्दा तत्काल फिर्ता लिन पर्ने यादवले माग गर्नुभयो ।

टिकापुर घटनामा दोषी देखाइएका चौधरी २०७४ को आम निर्वाचनमा कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित भएपनि पूणर् कार्यकालको अवधि जेलमै बिताउनु परेको छ । चौधरी अझै सो मुद्दामा अदालतबाट दोषी ठहर भई कारागारमै हुनुहुन्छ । त्यसैगरी २०७९ मङ्सिर चार गते सम्पन्न आम निर्वाचनमा महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीलाई सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विक हत्याको झुठो अभियोगमा मुद्दा चलाइएको वक्ताहरुले आरोप लगाएका छन् ।

सभामा नागरिक समाजका प्रतिनिधिहरु सम्झना शर्मा, विराट विष्ट, रमेश महतो र नवलकिशोर यादवसहितका अगुवाले सम्बोधन गर्दै जनमतको कदर गरी झुठा मुद्दा र अभियोग फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभयो । महोत्तरीमा प्रतिनिधिसभा सदस्य कोइरीविरुद्धको मुद्दा फिर्ता लिन दिनदिनैजसो र्‍याली, प्रदर्शन र सभाका कार्यक्रम सम्पन्न भइरहेका छन् । यसअघि जिल्ला सदरमुकाम जलेश्वर, ब्यापारिककेन्द्र गौशालाबजार र धनुषाको जनकपुरधाम र ढल्केबरमा यस प्रकृतिका कार्यक्रम सम्पन्न भइसकेका र अब प्रत्येक स्थानीयतहमा आयोजना गरिने सभामा जानकारी दिइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको