स्कलर्स एकाडेमि भिमानको चुनाव सम्पन्न


२७ जेठ । सिन्धुलि जिल्ला भिमान मा रहेको स्कलर्स एकाडेमि ले यस वर्षको लागि स्कुल क्याप्टेन र उप क्याप्टेन निर्वाचन सम्पन्न गरेको छ।

स्कुल क्याप्टेनमा कक्षा ९ का विद्यार्थी गगन रजन मगर र उप क्याप्टेन मा कक्षा ८ का विद्यार्थी सुगम प्याकुरेल निर्वचित भएका छन् ।

गगन रजनले १५४ मत ल्याउदा उनको प्रतिद्वन्दी जिनिशा अधिकारीले १२३ मत प्राप्त गरेका छन् भने सुगमले १६८ मत ल्याउदा उनका प्रतिद्वन्दी ले ११२ मत मात्रै प्राप्त भएको हो ।

यस्ता किसिमको आन्तरिक क्रियाकलापले विद्यार्थीमा हौसला र चुनाव कसरी हुन्छ भन्ने ज्ञान बढ्ने यस चुनावका अधिकृत सन्तोष खड्काले बताउनु भयो।

साथै स्कलर्स एकाडेमिले सधै पढाईको साथसाथै आन्तरिक क्रियाकलापलाई प्राथमिकता दिने बताउनु भयो। र निर्वाचित क्याप्टेन र उप क्याप्टेन लाई आजै क्याप्टेन अङ्कित व्याज र अरु मनोनीत कक्षा क्याप्टेन र उप क्याप्टेनहरु लाई पनि व्याज प्रदान गरिएको उनले बताउनु भयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार