कपिलवस्तु बासीहरुलाई मर्यादित ढंगले हाेली, फागु पर्व मनाउन जिल्ला प्रशासनकाे यस्तो अग्रह


धनी राम केरी

कपिलवस्तु , चैत २ । हाेली एवम् रंगहरुकाे पर्व हिन्दु धर्म काे अनुसार पहिलै देखि मनाइदै आएका पर्व काे रुपमा महत्त्व रहेको पाइन्छ । हाेली पर्व मर्यादित र सभ्य तरिकाले मनाउन काे लागि जिल्ला प्रशासन कार्यालयले एउटा सुचना निकाले सर्वसाधारणलाई अनुराेध गरिएको छ ।

हाेली चैत ३ गते हिमाली , पहाडी र तराईको जिल्लाहरुमा चैत ४ गते रहेको छ । याे पर्वले सम्बन्धलाई अझै राम्रो बनाउने र खुसियाली साटासाट गर्ने पर्वकाे रुपमा महत्त्व रहेको छ ।

हाेली पर्वकाे अवसरमा कपिलवस्तु बासी दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण नेपालीहरुमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुभकामना व्यक्त गरेको छ ।

हाेली फागु पर्व काे महत्त्व सिद्ध हुने गरी मर्यादित तथा सभ्य ढंगले मनाउनु र स्वास्थ सुरक्षा मापदण्ड काे पालन हुने गरी बनाउन काे लागि प्रशासनले अनुरोध गरेको छ ।

हाेली पर्व काे नाम मा कसैकाे इच्छा विपरीत जबर्जस्ती रंग दल्ने , अमर्यादित , गैरकानुनी र उच्श्रृंखल किसिमको कुनै व्यहार गर्ने , प्लास्टिक जन्म लाेला हन्ने , फाेहाेर छ्याप्ने , बाटाेमा हिड्ने व्यक्तिहरुलाई दुख , हैरानी तथा कष्ट दिने जस्ता कार्य प्रचलित कानुन विपरीत हुन । कानुन विपरीत का कार्य तथा असभ्य व्यहार काेही कसैले नगर्नु/ नगराउनु हुन र काेही कसैकाे इच्छा एवम् स्वीकृति वेगर कानुन विपरीतकाे काम गरे/ गराएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने व्यहाेरा सबै कपिलवस्तु बासीलाईजिल्ला प्रशासन कार्यालय कपिलवस्तु सुचना निकालेर सुचित गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको