देशकै पुरानो विद्यालयको भोजनालय पुनर्निर्माण


११ भदौ ,काठमाडौं । नेपालकै जेठो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानी महोत्तरीको जीर्ण भोजनालय भवन नेपाली सेनाले पुनर्निर्माण गरेको छ। एक महिना लगाएर सेनाले सुविधा सम्पन्न भान्सा घरको निर्माण गरेका हुन्। भान्सा घरको नाम ‘अन्नपूर्ण भोजनालय’ राखिएको छ।

३०३ वर्ष पहिले उक्त विद्यालयको स्थापना गरिएको थियो। १७७५ सालमा रामलला दास ९तस्मैया बाबा०का शिष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नामले विद्यालयको स्थापना गरेका थिए। जलेश्वरस्थित नेपाली सेनाको रणभीम गण प्रकौलीले भोजनालय भवन बनाएको हो। मटिहानी नगरपालिका मेयर हरिप्रासाद मण्डलले रिबन काटेर भोजनालयको उद्घाटन गरेका छन्।

‘देशभरी शिक्षाको ज्योति फैलाएको विद्यालयको विकासमा नेपाली सेनाले गरेको योगदान सराहनीय छ,’ उनले भने, ‘शिक्षा मन्त्रालयले विद्यालयको उन्नति, प्रगति र संरक्षणका लागि योजना बनाएर विशेष बजेट विनियोजन गर्न जरुरी छ।’ ५० जना बटुकको खाना पकाउने र खाने क्षमता भएको भोजनालय निर्माणले विद्यालयको उत्थानमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद पौडेलले बताए।

शिक्षा विभागको तथ्यांकअनुसार यस विद्यालयको स्थापना वि।सं। १८६८ मा भएको उल्लेख छ। १८२५ मा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो। १९१० मा जंगबहादुर राणाले दरबार हाईस्कुल खोलेका थिए। २०७८ साउन ९ गते अन्नपूर्ण पोस्ट्ले देशकै पहिलो विद्यालयबारे विशेष खोजी समाचार प्रकाशन गरेको थियो।

नेपालको ६ प्रदेश, २७ जिल्लाका १ सय ५० विद्यार्थी गुरुकुलमा पढ्छन्। मटिहानी बाहिरका ६० जना छन्। उनीहरू स्कुलकै होस्टलमा बस्छन्।

अन्नपूर्ण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको