फागुन २१ महोत्तरी।
पदम तामाङ्ग
प्रावधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र निर्मल लामा बहुुप्रावधिक शिक्षालय आयोजनामा आजदेखि बर्दिवासको विनायक होटलमा जनरल कुक तालिम सुरु भएको छ ।
बैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोगमा वैदेशिक रोजगारलाई लक्षित गरि ३० दिने १६० घण्टा चल्ने मिक्स कुक निशुुल्क सिप विकास तालिममा २ नम्वर प्रदेशका बिभिन्न जिल्लाका २० युवा युवतिको सहभागिता रहेको छ ।
तालिमको उदघाटन गर्दै विनायक होटल प्रा. लि. का प्रबन्ध निर्देशक विष्णुु खडकाले बिश्वका जुनसुकै देशमा पनि दक्ष कुकको बजार अत्यधिक रहेको उल्लेख गर्दै महोत्तरीको बर्दिवास नेपालकै एउटा केन्द्रविन्दुुको रपमा प्रख्यात भएको र जिल्लाको बर्दिवासमा अहिले होटल व्यवस्यहरु निकै बढेको छ । यहाँ होटल व्यवसायिहरुको जुन प्रकारले लगानि भईरहेको हुदा त्यस अनुुसारको दक्ष जनसक्तिको उत्पादनमा नहुनु यहाँको अवस्था रहेको छ । यो तालिम बाट यहाँका व्यवसनयिहरुको लगानि अनुसारको दक्ष जनसक्तिमा पनि टेवा पुुग्ने कुुरामा जोड दिएका हुन । प्रदेश २ को स्तरीय पर्यटन संगै कुकको आवश्यकता भबिष्यमा निकै धेरै रहेको बताउनु भयो ।
उहाले तालिमलाई बिदेश जाने प्रमाणपत्रका रुपमा नलिई उद्यमीका रुपमा लिएर सिक्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जनरल कुकका प्रशिक्षक सुुजन आर्चायले बेरोजगार युवा यूूवतिहरुलाई व्यवसायीक सीप दिई आयआर्जनमा सहभागि गराउन सरकारले सीपमुलक तालिमलाई प्राथमिकता दिएको र तालिम लिएका विद्यार्थिहरुले स्थानिय लेवल ,केन्द्रिय लेवल मात्र नभई ग्लोवल लेवलमा पनि एउटा कलेनरि आर्टको विषयमा अझै दक्ष हुुने कुुरामा जोड दिने बताए ।
महोत्तरीमा दैनिक ४। ५ वटा होटलले दक्ष कुक माग भईरहेकाले कुनै समस्या नरहनेको बताउदै निःशुुल्क रुपमा दिइएको यो तालिमले यस क्षेत्रमा विद्यार्थिहरुलाई थप टेवा पुुगेको निर्मला लामा बहुुप्रावधिक शिक्षालयका प्रधानाध्यापक रमन मेहताले बताउनुुभयो ।